सूर्योदय वोमी लघुवित्त को १५औँ वार्षिकोत्सव २०८२ फागुन २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, बोचुहाइट, ललितपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, Police Unit Imadol का प्रहरी प्रतिनिधि, संस्थाका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारी, कर्पोरेट तथा शाखा कार्यालयका कर्मचारीहरू र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमबारे जानकारी गराएका थिए। प्रमुख कार्यकारी अधिकृत पंगेनीले उद्घाटन गरेको कार्यक्रममा दीर्घकालीन सेवा गरेका कर्मचारीहरूलाई विशेष धन्यवाद दिँदै संस्थाले अति विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँदै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताए। सो अवसरमा संस्थामा निरन्तर १० वर्ष सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै, इमाडोल प्रहरी प्रभागलाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गर्दै मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण संस्थाकी कर्मचारी लक्ष्मी अर्यालले गरेकी थिइन्।
संस्थाले हाल सातै प्रदेशका ५५ जिल्लामा १६७ शाखा कार्यालयमार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

Online Arthik









