अर्थमन्त्री रामेश्वर प्रसाद खनाल ले आफूले प्रयोग गर्दै आएका कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। मंगलबार सार्वजनिक गरिएको सूचनाअनुसार, उनको नाममा जारी कूटनीतिक राहदानी नम्बर डीई ०००२७१० को प्रयोजन समाप्त भएको बताउँदै उक्त राहदानी फिर्ता गरिएको जानकारी प्रदान गरिएको छ।

अर्थमन्त्री खनालले भनेका छन् कि मन्त्रीको हैसियतमा प्रयोगका लागि उपलब्ध गराइएको उक्त राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाइएको छ। राहदानी फिर्ता गर्नका लागि उनले मन्त्रालयको सम्बन्धित महाशाखासँग पत्राचारसमेत गरेका छन्। पत्रमा उनले उल्लेख गरेका छन्, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन अनुरोध गर्दछु।” पत्रसँगै कूटनीतिक राहदानी पनि संलग्न गरी फिर्ता पठाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया