नेको इन्स्योरेन्स लिमिटेड ले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको जनाएको छ। कम्पनीका अनुसार चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत नगद लाभांश (कर बाहेक) सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिएको हो।
कम्पनीले हालसम्म सेयर अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीहरूलाई आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न तथा बैंक खाता नम्बर अद्यावधिक गर्न अनुरोध गरेको छ।

Online Arthik









