कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। आधुनिक प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै बैंकले यस वर्ष क्यालेन्डरलाई डिजिटल माध्यममार्फत उपलब्ध गराएको जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति बाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि, पर्व तथा शुभ मुहूर्तहरू समावेश गरिएको बैंकले जनाएको छ। यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्न बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ। उक्त क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन्। बैंकका अनुसार क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसबाट डिजिटल माध्यममा क्यालेन्डर प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया