नेपाल प्रहरी र नेपाल आर्मी फोर्सले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरेका निर्वाचन प्रहरीहरूले आफ्नो ४० दिने कार्यअवधि पूरा गरेका छन्। निर्वाचन सुरक्षामा परिचालन गर्ने उद्देश्यले नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो।फागुन २१ मा निर्वाचन आयोग नेपाल द्वारा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणनासमेत सार्वजनिक भइसकेको अवस्थामा बिहीबार उनीहरूलाई बिदाइ गरिएको हो। निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’ प्रदान गर्दै बिदाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिएका छन्।
यसैगरीनेपाल आर्मी फोर्स ले पनि निर्वाचन सुरक्षामा खटिएका १५ हजार ११० जना निर्वाचन प्रहरीलाई फागुन २८ गते बिदाइ गर्ने जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार निर्वाचन सुरक्षामा परिचालन गरिएका निर्वाचन प्रहरीलाई सोही दिन औपचारिक रूपमा बिदाइ गरिनेछ।निर्वाचन प्रहरीलाई ४० दिनसम्म निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब उपलब्ध गराएको छ। यसबाहेक उनीहरूले रासन तथा आउजाउ खर्चस्वरूप ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन्। साथै चार दिनका लागि दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्चसमेत उपलब्ध गराइएको छ। पोसाकका लागि छुट्टै रकम प्रदान गरिएको पनि प्रहरी प्रवक्ता काफ्लेले बताएका छन्।

Online Arthik









