नेपाल स्टक एक्सचेन्स (नेप्से) मा सोलु हाइड्रोपावर लिमिटेड  को सेयर सूचीकृत भएको छ। बिहीबार नेप्सेले कम्पनीका कुल १० करोड कित्ता सेयर सूचीकृत गरेको हो।

नेप्सेका अनुसार सर्वसाधारणलाई वितरण गरिएको २ करोड कित्ता र संस्थापक समूहको ८ करोड कित्ता गरी कुल १० करोड कित्ता सेयर सूचीकृत गरिएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको खुला मूल्य दायरा तोकेको छ। कम्पनीको सेयर संकेत ‘एसओएचएल’ रहेको छ।

कम्पनीको सेयर आइतबार विशेष प्रारम्भिक कारोबार सत्रमा कारोबार भएपछि नियमित दोस्रो बजारमा किनबेच हुने नेप्सेले जनाएको छ।

तपाईको प्रतिक्रिया