युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा कम्पनी (नेपाल रिइन्स्योरेन्स) बाट बाहिरिने भएको छ। कम्पनीले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको करिब पौने १ अर्ब रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने तयारी गरेको हो।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ। यस आधारमा कम्पनीले कुल ८६ करोड ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ५ गतेदेखि चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त संस्थापक सेयर विद्यमान संस्थापक, अन्य व्यक्ति, कम्पनी, संघ–संस्थाले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।सेयर बिक्रीको व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।खरिद गर्न इच्छुक लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्दै आवेदन दिनुपर्नेछ। साथै बोलपत्र पेस गर्दा कम्तीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया