नयाँ वर्ष २०८३ को अवसर पारेर Segway E110L electric scooter पुनः नेपाली बजारमा उपलब्ध गराइएको छ। Segway को यो लोकप्रिय मोडेल २ लाख ८४ हजार ९९९ रुपैयाँमा बिक्री सुरु गरिएको हो, जसलाई नेपालमा आधिकारिक रूपमा iHub Pvt. Ltd. ले वितरण गर्दै आएको छ। अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर, टोट ब्याग र एक वर्षको निःशुल्क मर्मत सेवा प्राप्त गर्नेछन् भने पहिलो २५ ग्राहकका लागि ‘अर्ली बर्ड’ छुटमार्फत अधिकतम ४१ हजार रुपैयाँसम्म बचत गर्न सकिनेछ।
यो स्कुटर दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसमा २४०० वाटको मोटरले १५० न्यूटन–मिटर टर्क उत्पादन गर्छ र अधिकतम गति ६२ किमी प्रतिघण्टासम्म पुग्छ। ७२ भोल्ट २४ एम्पियर–घण्टा लिथियम ब्याट्रीले एकपटक चार्ज गर्दा ६० देखि ११० किमी दूरी पार गर्न सक्छ। २७ लिटर बुट स्पेस, रिभर्स मोड, हाइड्रोलिक सस्पेन्सन, एन्टी–स्किड टायर र डुअल डिस्क ब्रेकजस्ता सुविधाले सहरभित्रको यात्रा सहज बनाउँछन्। साथै जीपीएस ट्र्याकिङ, एन्टी–थेफ्ट सिस्टम, क्रुज कन्ट्रोल, रिजनरेटिभ ब्रेकिङ, म्याट्रिक्स एलईडी हेडलाइट र आईपीएक्स–४ रेटिङजस्ता स्मार्ट फिचरहरूले यसको सुरक्षा र प्रयोग अनुभवलाई थप उन्नत बनाएका छन्।

Online Arthik










