नयाँ सरकार गठनपछि औपचारिक भेटघाटको परम्परागत कूटनीतिक अभ्यासलाई तोड्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ले पहिलोपटक अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग भेटवार्ता गरेका छन्। सामान्यतः विदेशी कूटनीतिज्ञहरूले नयाँ सरकार बनेपछि पहिला परराष्ट्रमन्त्रीसँग भेट गरेर मात्र प्रधानमन्त्री वा अन्य मन्त्रीसँग शिष्टाचार भेट गर्ने अभ्यास रहँदै आएको छ। तर यसपटक उक्त अभ्यास विपरीत राजदूत श्रीवास्तव सिधै अर्थ मन्त्रालय पुगेर बिहान ११ बजे अर्थमन्त्रीसँग भेट गरेका हुन्। स्रोतका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल ले विदेशी कूटनीतिज्ञहरूलाई पहिले आफूलाई भेट्न आग्रह गरेका थिए, तर उक्त निर्देशन आएको केही समयमै भारतीय राजदूतको यो कदमले स्थापित कूटनीतिक परम्परामा फरक संकेत दिएको देखिएको छ।

तपाईको प्रतिक्रिया