सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो कायम चुक्तापूँजीको शतप्रतिशत (१ः१ अनुपात) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसका लागि माछापुछे क्यापिटल लाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।
कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपछि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। अब हकप्रद निष्कासन अघि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिइनेछ र त्यसपछि धितोपत्र बोर्डसँग अन्तिम अनुमति मागिने कम्पनीले जनाएको छ।

Online Arthik










