माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालनमा आएको हो। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने एसईई चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी छन्।

तपाईको प्रतिक्रिया