भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले सहकारी क्षेत्रका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्। सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्य राख्दै अगाडि बढिरहेको अवस्थामा मन्त्री रावलले मन्त्रालयमै पीडितहरूलाई बोलाएर उनीहरूको गुनासा सुन्न थालेकी हुन्। बिहीबार बिहानदेखि मन्त्रालयमा भेला भएका देशभरका विभिन्न सहकारीका पीडितहरूले लामो समयदेखि बचत फिर्ता नपाउँदा भोग्नुपरेको आर्थिक तथा मानसिक पीडा प्रस्तुत गरेका थिए।
छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै साना बचतकर्तालाई राहत दिने गरी चरणबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिइन्। उनले पीडितहरूको समस्या प्रभावकारी रूपमा समाधान गर्न सरकार केन्द्रित रहेको उल्लेख गर्दै आवश्यक पहल जारी रहने स्पष्ट पारेकी छन्।

Online Arthik










