युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले थाइल्याण्डको बैंककमा आयोजित ‘छैटौं इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स’ मा “बेस्ट प्र्याक्टिसेस इन क्रप इन्स्योरेन्स” विधामा पुरस्कार जितेको छ ।
कृषि बीमा क्षेत्रमा उत्कृष्ट अभ्यासमार्फत किसानको जोखिम न्यूनीकरणमा पुर्याएको योगदानका लागि कम्पनी सम्मानित भएको हो । कम्पनीले यस उपलब्धिले किसानप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ भएको जनाएको छ । साथै, आगामी दिनमा पनि नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत बीमा क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Online Arthik









