फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्नो १३औं वार्षिक साधारण सभा वैशाख २१ गते बिहान ११ बजे सुनसरीको दुहवीस्थित दिनेश स्मृति प्रतिष्ठान को सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ, जसको निर्णय चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। सभामा संस्थाको पूँजी वृद्धि योजना पारित गर्नुका साथै हालको ७०:३० (संस्थापक : सर्वसाधारण) सेयर संरचनालाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिनेछ, जसअन्तर्गत संस्थापक सेयरको १० प्रतिशत हिस्सा सर्वसाधारणमा रूपान्तरण गरिनेछ। साथै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ भने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन पनि गरिनेछ। साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज तोकिएको हुँदा वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

तपाईको प्रतिक्रिया