मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णबाट उनले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए।


Online Arthik









