नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया