सिक्लेस हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २७ गते २२औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीका अनुसार सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे बस्नेछ। सभाले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १०० कित्ता बराबर ०.७७४५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गर्नेछ। यसका अतिरिक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकमको उपयोग, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।

तपाईको प्रतिक्रिया