एनएमबी बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ। प्रणाली स्तरोन्नतिका लागि बैंकले शुक्रबार राति ८ बजेदेखि आइतबार दिउँसो १ः३० बजेसम्म विभिन्न बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने जनाएको छ।

बैंकका अनुसार उक्त अवधिमा एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा सञ्चालन हुने छैनन्।

त्यसैगरी, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरसमेत मंसिर ४ र ६ गते बन्द रहने सूचनामार्फत जनाएको छ। बैंकले सेवा बन्द रहने अवधिलाई ध्यानमा राख्दै आवश्यक बैंकिङ कारोबार समयमै सम्पन्न गर्न ग्राहकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया