नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Online Arthik










