युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने भएको छ । संस्थाको मंसिर ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले वित्तीय विवरण स्वीकृत गर्दै कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले स्वीकृत वित्तीय विवरण प्रकाशनका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णयसमेत गरेको छ । उक्त निर्णयबारे संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ । यससँगै आर्थिक वर्ष २०८२/८३ का लागि संस्थाका सेयरधनीले बोनस सेयर र नगद लाभांश दुवै नपाउने भएका छन् ।

Online Arthik










