सरकारले राष्ट्रिय कर दिवसको अवसरमा भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीलाई सम्मान गरेका हुन् । व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौती र प्रतिकूल परिस्थिति आए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको, सरकारलाई राजस्व बुझाउन महत्त्वपूर्ण योगदान पुर्याएको तथा रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै सरकारले सम्मान गरेको जनाएको छ । सोही अवसरमा सरकारले कर दिवसका अवसरमा विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई समेत सम्मान गरेको छ ।

Online Arthik










