नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको आठौँ बैठकले उक्त आर्थिक वर्षको सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भई प्राप्त प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनको जवाफसमेत लेखापरीक्षकसमक्ष पेस भइसकेको अवस्थामा वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको छ।संस्थाले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू स्वीकृत गरेको जनाएको छ।
स्वीकृत वित्तीय विवरणहरू संस्थाको आठौँ वार्षिक साधारणसभामा प्रस्तुत तथा प्रकाशन गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेस गर्ने निर्णयसमेत बैठकले गरेको छ।

Online Arthik










