सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा पुस २ गते आयोजना गर्ने भएको छ। कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको २४३औँ बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको कुल २१ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा १५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर रहेको छ। कम्पनीले हाल कायम ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा लाभांश करसमेत समावेश गरिएको छ।त्यस्तै, कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशतका दरले ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।यसका साथै कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब रुपैयाँ कायम गर्ने प्रस्तावसमेत साधारणसभाबाट पारित गरिनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

Online Arthik










