उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार उनीहरूलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

उनीहरूले आजै राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिने कार्यसूची रहेको छ । गौरीकुमारी महोत्तरी–४ र रामजी सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । यसअघि प्रधानमन्त्री शाहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालय आफैंले सम्हाल्दै आएका थिए । यससँगै मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।

तपाईको प्रतिक्रिया