पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली को आज पित्तथैलीको शल्यक्रिया हुँदैछ। उपचारमा संलग्न चिकित्सकहरूको सल्लाहअनुसार तय गरिएको मितिअनुसार उनलाई अपरेसन थिएटरमा लगिएको छ। डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरी पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्नेछ। यसअघि उनी नयाँ सरकार गठन भएको भोलिपल्टै जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका थिए र सोही दिनदेखि त्रिवि शिक्षण अस्पताल मा भर्ना भएका थिए।

उनको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। अदालतले २३ चैतमा आदेश जारी गर्दै निश्चित समयसीमाभित्र अनुसन्धान टुंग्याउन निर्देशन दिएको थियो र सो अवधिभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न भनेको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई अस्पतालबाट पत्नीको जिम्मा लगाएको थियो। हाल उनी थुनामुक्त अवस्थामा रहे पनि स्वास्थ्य समस्याका कारण अस्पतालमै बस्दै आएका थिए र आज शल्यक्रिया गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया