कोका कोला नेपालले फिफा वल्र्ड कप २०२६  लाई लक्षित गर्दै आफ्नो बहुप्रतीक्षित अभियान औपचारिक रूपमा सुरु गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा खेलकुद तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली अभिनेता प्रदीप खड्का लाई नयाँ ब्रान्ड एम्बासडर घोषणा गरियो भने अभियानका अन्य अनुहारका रूपमा अन्जल विष्ट, अन्जन राना मगरस्वस्तिमा खड्का प्रस्तुत भए। कार्यक्रममा फिफा सम्बन्धित अडियो–भिजुअल सामग्री, आधिकारिक एन्थेम, टेलिभिजन विज्ञापन तथा सीमित संस्करणका कोका–कोला फिफा प्याकहरूको झलक पनि सार्वजनिक गरिएको थियो। साथै, कम्पनीले यो अभियानमार्फत विश्व फुटबलको उत्साहलाई नेपाली उपभोक्तासँग जोड्दै विशेष अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया