कृषि विकास बैंक लिमिटेडसम्सारा रेमिट बीच रेमिट्यान्स कारोबार साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठ ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभाग प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशी को उपस्थिति रहेको थियो। सम्झौताअनुसार विदेशबाट पठाइने रेमिट्यान्स रकम अब कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिटबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ। यस सहकार्यले रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकहरूले छिटो, सुरक्षित र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै रियल टाइम एपीआई प्रणालीमा आधारित सेवा र सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जालसँगको सहकार्यले बैंकका ग्राहक, विशेष गरी ग्रामीण क्षेत्रका सेवाग्राहीहरूमा कारोबार वृद्धि, व्यवसाय विस्तार र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया