एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नियामक निकायको निर्देशनअनुसार छुट्याउनुपर्ने रकमहरू व्यवस्था गरेपछि संस्थाको वित्तीय अवस्था थप मजबुत बनाउने तथा संस्थालाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।
संस्थाका अनुसार हालको प्राथमिकता लाभांश वितरणभन्दा पनि पूँजी सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्नु रहेको छ। साथै, उक्त लाभांशरहित वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरिएको सूचनामा उल्लेख गरिएको छ।

Online Arthik










