कालिञ्चोक हाइड्रोपावर लिमिटेड ले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओमा ४२.६२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ ले जनाएको छ।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो। तर उक्त आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ आवेदन परेकोमा २६ लाख ७८ हजार ७० आवेदन सदर भएको र १ लाख ६ हजार ४४९ आवेदन बदर भएको जनाइएको छ। माग अत्यधिक भएकाले आईपीओ गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको हो।
कुल सदर आवेदकमध्ये ६८ हजार ४७५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा मेरो सेयर तथा सीडीएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

Online Arthik










