ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले सरकारको ‘आधा सिलिन्डर’ (७.१ किलो) नीति अस्वीकार गर्दै सोमबारदेखि १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका छन्।

महासंघ अध्यक्षज्ञानेश्वर अर्यालका अनुसार डिजेल मूल्यवृद्धिका कारण ढुवानी खर्च बढ्दा व्यवसाय सञ्चालन कठिन बनेको हो।

नेपाल आयम निगम को नीतिप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले समयमै समाधान नभए दुई महिनाभित्र ग्यास संकट आउन सक्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया