नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले १६८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रकम उठाउनेछ, जसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्न सक्नेछन्।

संकलित रकमको साँवा र ब्याज भुक्तानी २०८३ असोज २१ गते हुने बताइएको छ। राष्ट्र बैंकले तरलता सन्तुलन र मौद्रिक स्थायित्व कायम गर्न यस्ता उपकरण नियमित प्रयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया