अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि विस्तार गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा जोखिम धारणा सुधारिँदै डलरको भाउ एक साताकै उच्च स्तरमा पुगेको छ।
साथै,फेडरल रिजर्व सम्बद्ध बहस र बलियो अमेरिकी खुद्रा बिक्री तथ्याङ्कले डलरलाई थप समर्थन दिएको छ। अमेरिकी डलर इन्डेक्स ९८.३६७ मा पुगेको छ, जुन हालैको उच्च स्तर हो। यद्यपि प्रमुख मुद्राहरू स्थिर छन्—युरो १.१७४२ डलर, पाउन्ड १.३५११ डलर र येनविरुद्ध डलर १५९.३५ मा कारोबार भइरहेको छ।
उता, स्थानीय बजारमा सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ भने चाँदी ३० रुपैयाँले घटेर ५,१३० रुपैयाँमा कारोबार भइरहेको छ।

Online Arthik









