लालिगुराँस नगरपालिकाले १० देखि १४ वैशाखसम्म चोलुङ पार्क क्षेत्रमा “लालीगुराँस महोत्सव” आयोजना गर्ने भएको छ। प्रकृति, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
कार्यक्रम अन्तर्गत “चोलुङ कविता गोष्ठी” मा उपेन्द्र सुब्बासहित विभिन्न जिल्लाका कवि–कवयित्रीहरूको सहभागिता रहनेछ। साथै गुराँस संरक्षणबारे कमल मादेनले जानकारी दिनेछन् भने पर्यटन सम्भावनाबारे डा. इन्द्रप्रसाद सापकोटाले प्रकाश पार्नेछन्।
महोत्सवमा “देही आर्ट” पेन्टिङ प्रदर्शनी, गुराँस अवलोकन कार्यक्रम तथा विभिन्न जिल्लाका साहित्यकारहरूको सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार यसले पर्यटन प्रवर्द्धन, स्थानीय पहिचान संरक्षण र वातावरणीय चेतना अभिवृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Online Arthik









