छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। संस्थाका दुईजना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ६९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरिएको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम रूपमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लगानीकर्ताले वैशाख २१ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया