एनएमबि बैंक लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरेको जनाएको छ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया