नेपाल फाइनान्स लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर आजदेखि बिक्री खुला गरेको हो।
यो सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। लगानीकर्ताले आवश्यक कागजात प्रमाण संलग्न गरी खरिद गर्न चाहेको सेयर संख्या खुलाएर कमलादी, काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, त्यसैले सो मूल्यभन्दा कम नहुने गरी आवेदन पेश गर्नुपर्नेछ।

Online Arthik










