एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँड गरिएको छ।

कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म ७ लाख ८० हजार २०० कित्ता आईपीओ जारी गरेको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लोटरी) प्रणालीबाट बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटल ले जनाएको छ।

आईपीओमा कुल २७ लाख ७१ हजार १८ आवेदन परेकोमा २७ लाख २७ हजार १ सय १७ आवेदन सदर भएको थियो। तीमध्ये ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी अधिकांश आवेदकको हात खाली भएको छ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड को वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया