काबेली इनर्जी लिमिटेड ले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो।

कम्पनीको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३ गते काठमाडौँको ट्रेड टावर मा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ।सभाबाट आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गर्ने, कम्पनीका कर्मचारीबीच भएको सेयर खरिद–बिक्री सम्झौता अनुमोदन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछन्। कम्पनीले निर्माण गरिरहेको काबेली ‘ए’ जलविद्युत आयोजना सम्पन्न गर्न आवश्यक पूँजी जुटाउन आईपीओ जारी गर्न लागेको जनाएको छ।

यसका साथै, सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पनि पारित गरिनेछन्।

तपाईको प्रतिक्रिया