स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ। अघिल्लो दिन १,८०० रुपैयाँले घटेको सुनको भाउ आज थप २,२०० रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९८ हजार ७ सय रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७५ रुपैयाँले सस्तो हुँदै ४ हजार ९४५ रुपैयाँमा झरेको छ।

Online Arthik










