युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन्।
कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको ७९औँ बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनको कार्यकाल चार वर्षको रहने कम्पनीले जनाएको छ।