रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाइ बिक्री आगामी वैशाख २९ गतेदेखि खुल्ने भएको छ। यो योजनामा रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक र रिलायबल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन्।
योजनाअन्तर्गत कुल १० करोड इकाइ निष्कासन गरिनेछ। जसमध्ये बीज पूँजीबापत १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक रिलायबल लाइफ इन्स्योरेन्सलाई र १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिनेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका कार्यालयमार्फत दिन सकिनेछ।
उक्त योजनाको इकाइ बिक्री छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बैंकिङ समयपछि बन्द हुने जनाइएको छ। योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा रिलायबल क्यापिटल लिमिटेड नै रहेको छ।

Online Arthik










