स्याकार ट्रेडिङ कम्पनी ले होंडा का ग्राहकलाई लक्षित गर्दै देशभर प्रिमियम सर्भिस सेन्टर विस्तार गर्ने घोषणा गरेको छ। पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ, जसअन्तर्गत त्रिपुरेश्वरकान्तिपथ मा रहेका केन्द्रहरूको उद्घाटन भइसकेको छ। कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सेवा” अवधारणाअन्तर्गत ग्राहकलाई गुणस्तरीय, छिटो र सहज सेवा दिने लक्ष्य राखेको छ। नयाँ केन्द्रहरूमा आधुनिक उपकरण, डिजिटल ट्र्याकिङ, ३S सुविधा (शोरुम, सर्भिस, स्पेयर पार्ट्स) र आरामदायी सेवा वातावरण उपलब्ध गराइनेछ। कम्पनीले आगामी दिनमा सेवा सञ्जाल थप विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको ग्राहक अनुभव प्रदान गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया