नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले वृद्धि भई छापावाला सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर ५,०४५ रुपैयाँ पुगेको छ।
यसअघि आइतबार छापावाला सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४,९९५ रुपैयाँ रहेको थियो।

Online Arthik










