नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड को शेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत आयोजित ‘रोड शो’ मिति २०८३ वैशाख ११ गते नक्साल स्थित होटलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्वारा आयोजना गरिएको हो।

उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी धारणा प्रस्तुत गरिएको थियो। नर्भिक हस्पिटलका सीईओ अजयकुमार मिश्रले अस्पतालको हालको सञ्चालन अवस्था, वित्तीय प्रदर्शन र भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी दिएका थिए।

बुक–बिल्डिङ प्रक्रियाअन्तर्गत मूल्य निर्धारण, माग विश्लेषण र संरचना सम्बन्धी जानकारी पनि प्रस्तुत गरिएको थियो। सहभागी लगानीकर्ताहरूले प्रक्रिया पारदर्शी र व्यावसायिक भएको धारणा व्यक्त गरेका छन्।

अब योग्य संस्थागत लगानीकर्ताहरूले २०८३ वैशाख २१ गते साँझ ५ बजेसम्म आफ्नो प्रस्तावित मूल्य र शेयर संख्या सहितको शिलबन्दी आशयपत्र नेपाल स्टक एक्सचेन्ज मा बुझाउनुपर्नेछ।

यो कार्यक्रमले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया