आज (मंगलबार)देखि विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार अब हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गरिने व्यवस्था गरिएको छ, जुन यसअघि प्रचलित वैशाख २ गतेको मितिभन्दा फरक हो। यस वर्षदेखि लागू गरिएको यो नयाँ व्यवस्थाअनुसार विद्यालयहरूमा भर्ना प्रक्रिया पनि यही मितिबाट सुरु गरिएको छ। साथै, सरकारले निजी (संस्थागत) विद्यालयहरूले कानूनविपरीत असुल्दै आएका भर्ना तथा अन्य शुल्कबारे चैत २२ गते नै निर्देशन जारी गर्दै त्यस्ता शुल्क फिर्ता गर्न भनेको थियो। यो परिवर्तनले भर्ना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया