नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन भारी वृद्धि भएको सुनको मूल्य आज भने घटेको छ। आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्दै ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।

यसैबीच, चाँदीको मूल्य भने आज बढेको छ। चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई ५ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया