होटल पौवा ले आफ्नो १९औँ शाखा जनकपुरधाम मा सञ्चालनमा ल्याएको छ। मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित होटलको औपचारिक उद्घाटन जेठ २२ गते हुने तय गरिएको छ, जसको अवसरमा तीनदिने ‘वृहत् खाना प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिनेछ। अध्यक्ष दुर्गाप्रसाद भण्डारी ले चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा सेवा विस्तार गरिरहेको बताउँदै यसलाई नेपालकै सफल सामूहिक लगानी मोडलका रूपमा प्रस्तुत गरे। उपाध्यक्ष ध्रुवराज न्यौपाने ले जनकपुर शाखाले धार्मिक, आध्यात्मिक तथा आन्तरिक पर्यटनसँगै रोजगारी र आतिथ्य उद्योगको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। प्रबन्ध निर्देशक विष्णु ज्ञवाली का अनुसार कम्पनी ‘मिसन १००’ अन्तर्गत आगामी दशकमा देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको छ। ६२ कोठा रहेको चारतारेस्तरको यस होटलमा स्विमिङ पुल, सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पा लगायतका सुविधाहरू उपलब्ध छन्।

तपाईको प्रतिक्रिया