अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड को संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि आगामी असार २१ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल १५ लाख ६३ हजार कित्ता लक–इन सेयरको अवधि सो मितिमा समाप्त हुन लागेको हो, जसमा १३ लाख ३० हजार कित्ता संस्थापक सेयर, २ लाख २० हजार कित्ता स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयर र १३ हजार कित्ता कर्मचारी सेयर समावेश छन्। लक–इन अवधि समाप्त भएपछि यी सेयरहरू दोस्रो बजारमा कारोबार योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया