मितेरी डेभलपमेन्ट बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ६८ हजार ८५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आईपुग्ने गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने बै.कले जनाएको छ । c

Online Arthik










