सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालि बीच एआई प्रविधिमार्फत कृषि तथा पशुपन्छी बीमा विस्तार गर्ने उद्देश्यसहित सम्झौता भएको छ। जेठ १७ मा सम्पन्न उक्त सम्झौताअनुसार विशेषगरी सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमा पहुँच नपुगेका क्षेत्र र समुदायलाई लक्षित गरी स्थानीय भाषामै बीमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा प्रविधिको प्रयोगमार्फत बीमा सम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने तथा डिजिटल माध्यमबाट बीमा सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ। यो पहल समुदाय केन्द्रित रहनेछ र प्रत्यक्ष रूपमा ग्रामीण स्तरमा बीमा साक्षरता बढाउने उद्देश्य राखिएको छ।

सम्झौतामा सुद्युम्न प्रसाद उपाध्यायर सुरेश मानन्धर ले हस्ताक्षर गरेका हुन्। सहकार्यले ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच विस्तार गर्नुका साथै डिजिटल प्रविधिमार्फत सेवाग्राहीलाई अझ सहज र प्रभावकारी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया